नेकपा भित्रै सञ्चारमन्त्री बाँसकोटालाई पद छोड्न दबाब - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

नेकपा भित्रै सञ्चारमन्त्री बाँसकोटालाई पद छोड्न दबाब



नेकपा सांसदले नै सञ्चारमन्त्री गोकुल बाँसकोटाले राजीनामा मागेका छन् ।

नेकपा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई ‘सामन्तवादी’ भनेकामा आपत्ति जनाउँदै बास्कोटाले राजीनामा दिनुपर्ने बताए । सञ्चारमन्त्री बासकोटाले कि अभिव्यक्ति फिर्ता लिनुपर्ने कि त राजीनामा दिनुपर्ने उनको भनाइ थियो । उनले धेरै ठूलो स्वरमा कुरा नगर्न पनि बासकोटालाई चेतावनी दिए । ‘जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्’, रिपोर्टर्स क्लबले शनिबार गरेको कार्यक्रममा मानन्धरले भने, ‘प्रवक्ता जनताको हो, धेरै ठूलो स्वरले बोल्ने होइन ।’

सरकारले हालै ल्याएको गुठी विधेयकविरुद्ध देशव्यापी आन्दोलन उठेका बेला बासकोटाले बिहीबार नियमित पत्रकार घेटघाटमा गुठी सामन्तवादको प्रतीक भएको अभिव्यक्ति दिएका थिए । बासकोटाले मन्त्री पदको दिनगन्ती सुरु भएको पनि मानन्धरले दाबी गरे । उनले प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै गुठी विधेयक फिर्ता नलिए काठमाण्डुमा आन्दोलनको आँधीहुरी ल्याइदिने चेतावनी दिए । ‘प्रधानमन्त्री फर्केपछि गुठी विधेयक फिर्ता लिन चाहनुभएन भने हेर्दै गर्नुहोला काठमाण्डौंं के हुन्छ’ चेतावनी शैलीमा उनले भने ।
प्रतिपक्षी कांग्रेस सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने चेतावनी बताए ।