बास्कोटाले भने- राष्ट्रपतिलाई महाअभियोग लगाउने ? लौन प्रभु मिलाइदेउ
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी ओली समुहका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले प्रचण्ड-नेपाल समुहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने तयारी गरेको आरोप लगाएका छन् ।
प्रचण्डलाई इङ्गित गर्दै बास्कोटाले नेपाल कम्फरटेबल पार्टीले महाअभियोगको तयारी गरेको बताएका छन् । ‘प्रमले राजीनामा नदिए सम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हताेत्ससाही बनाउनकै लागी भए पनि महाअभियाेग ल्याउने तयारी गर्दै छन रे’, उनले लेखेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले झलनाथको तयारीमा यस्तो गरिरहेको बताएका छन् ।
उनले लौन प्रभु मिलाइदेउ भन्दै व्यंग्य समेत गरेक छन् ।
उनले लेखेका छन्, ‘नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिए सम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हताेत्ससाही बनाउनकै लागी भए पनि महाअभियाेग ल्याउने तयारी गर्दै छन रे! झलनाथकाे तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घाेषणा नभएकाे रे। लाैन प्रभु! मिलाई देऊ।’