फिल्म हलमा ताला लगाइदिने बाँस्कोटाको चेतावनी - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

फिल्म हलमा ताला लगाइदिने बाँस्कोटाको चेतावनी



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले छ महिनासम्म नेपाली चलचित्र हलमा नचलाउने हलमा ताला गाउने बताएका छन् ।

चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवलाई आज संबोधन गर्दै मन्त्री बाँस्कोटाले नेपाली कला, साहित्य, सभ्यता, संस्कृति, अनुपमता समेटेर बनाइएका चलचित्र हलमा जान नपाउने अवस्था रहेको बताउँदै छ महिना नेपाली चलचित्र हलमा नचलाउने हलमा ताला गाउने चेतावनी दिएका हुन् ।

चले पनि नचलेपनि नेपाली चलचित्र हलमा कम्तिमा छ महिना राख्नै पर्ने उनको भनाइ छ । हलिउड र बलिउडका चलचित्रलाई मात्रै राम्रो देख्ने तर आफ्नै चलचित्रलाई नराम्रो देख्ने परिपाटी गलत भएको उनको भनाइ छ । हिमाली र पहाडी जिल्लामा ससाना हल बनाउन सकिने उनको भनाइ छ ।

बालाजु औद्योगिक क्षेत्रमा एनएफडीसीको नाममा रहेको २७ रोपनी जग्गा अहिले ब्यक्तिका नाममा नामसारी भएको सुनेको भन्दै मन्त्री बाँस्कोटाले उक्त जग्गा खोस्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । २७ रोपनी जग्गामा अहिले ६.७५ रोपनीमात्रै देखिएको बोर्डले जनाउँदै आएको छ ।

सरकारले बजेट भाषणा काठमाडौंमा सुविधा सम्पन्न इनडोर स्टुडियो बनाउने कार्यक्रम अगाडि सारेपछि एनएफडीसीको जग्गाको खोजी भएको थियो ।