हुनेभयो बास्कोटामाथि छानविन: लेखाले दियो अख्तियारलाई निर्देशन - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हुनेभयो बास्कोटामाथि छानविन: लेखाले दियो अख्तियारलाई निर्देशन



काठमाडौं- ७० करोडको बार्गेनिङ्ग काण्डमा फसेका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि अख्तियारले छानबिन गर्ने भएको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएको अनियमिताबारे छानविन गर्न संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएपछि बाटो खुलेको हो ।

७० करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ फागुनमा राजीनामा दिएका थिए । समितिले भने जीटुजी प्रक्रियाबाट प्रेस खरिद प्रक्रिया रोक्न भनेको थियो ।

लेखा समितिको शुक्रबार बसेको बैठकमा प्रिन्ट्रिङ प्रेस खरिद प्रक्रियामा अनियमितता भएको भन्दै छानविन गर्नुपर्ने बताए । बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले उपसमिति बनाउन माग गरेका थिए, तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु त्यसमा सहमत भएनन् ।

त्यसैले सभापति भरत साहले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएको भनिएको अनियमिताबारे छानविन गर्न अख्तियारलाई लेखिपठाउने निर्णय गरेको छ ।

बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाको स्पेसिफिकेसन नै त्रुटिपूर्ण भएको, ६ रुपैयाँ पर्नु वस्तुको मूल्य ३० रुपैयाँसम्म राखेको बताएपछि समितिले यसबारे आफैं छानविन गर्ने भएको छ ।