बास्कोटाको व्यंग्य: हे कम्फरटेबल, लौन केही नयाँ चटक गर - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

बास्कोटाको व्यंग्य: हे कम्फरटेबल, लौन केही नयाँ चटक गर



काठमाडौ– ओली समूहका नेता गोकुल बाँस्कोटाले प्रचण्ड-नेपाल समुहलाई फेरि क्याँउक्याउँ गरेको भन्दै नयाँ चटक सुरू गरेको बताएका छन् ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि बसेको पहिलो बैठक बहिस्कार गरेको भन्दै नेकपाको माधव–प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गरेका छन्।

पुनःस्थापनाको माग गरेर आन्दोलनमा गएका दलहरुले नै संसदको पहिलो बैठक अवरुद्ध गरेपछि बाँस्कोटाले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन्। सर्वोच्चको फैसलापछि अग्रगमन भयो भन्दै लड्डु बाँडेकाहरू कता गए भन्दै उनले प्रश्न पनि गरेका छन्।

सामजिक सञ्जाल फेसबुकमार्फत बाँस्कोटाले अदालतको हिजोको फैसलाले अब एकता गरेपनि एक्ला एक्लै हिँडे पनि बाटो खुल्ला गरिदिएको र संसद पुनःस्थापना भइसकेको अवस्थामा फेरि किन क्याउँक्याउँ भन्दै प्रश्नसमेत गरेका छन्।

उनले लेखेका छन्, ‘आफै पुनःस्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर । सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउँदै दौड्या हुन्,? अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे। अब ए–कता वा एकता जे चाहियो, सो पाइया छ। फेरि क्याउँक्याउँ? सकिएन बा ! हे, कम्फरटेबल लौन, केही नयाँ चटक गर।’