बाँस्कोटाले भने : 'रअ' को मान्छेले भेटेर केहि बिग्रदैन - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

बाँस्कोटाले भने : ‘रअ’ को मान्छेले भेटेर केहि बिग्रदैन



काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्त गोयललाई नभेटेको स्पष्ट पारेका छन् । सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीले भेटेको हामीलाई थाहा छैन ।’

प्रधानमन्त्रीबाहेकका अन्य नेता कस-कसले भेटे भन्नेमा आफूलाई केही थाहा नभएको मन्त्री बाँस्कोटाले दाबी गरे। रअका प्रमुखले प्रधानमन्त्रीलाई गोप्य रुपमा भेटेको भन्दै आलोचना भएपछि उनले प्रस्ट पारेका हुन्। उनले तथ्य, प्रमाणबिना नलेख्न र नबोल्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरे। ‘नभेटेको कुराको पछि नलागौं, रिउमर क्रिएट नगरौं’ उनले भने, ‘कमसेकम यस्ता कुहिरीमण्डलमा मेनस्ट्रिमका मिडिया नरुमलिऔं। सानातिनाले लेखिहाल्छन्। स्वतन्त्र छँदैछ।’

भारतको रअ, पाकिस्तानको आइएसआइ, अमेरिकाको सीआएजस्ता जुनसुकै देशका गुप्तचर संस्थाका अधिकारीलाई भेट्ने बित्तिकै त्यही लाइनमा लागे भन्न नहुने उनको भनाइ थियो। मन्त्री बाँस्कोटाको भने, ‘रअको मान्छे आएर भेटे, भेट्नै नहुने भन्ने हैन। भेटेर पनि केहि बिग्रने होइन। भेट्ने बित्तिकै रअकै मान्छे हुन्छ र? यस्तो लघुताभाष नराखौँ ।’