कोरोना बिरुद्ध लड्न सरकारलाई बसन्त चौधरीको एक करोड - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कोरोना बिरुद्ध लड्न सरकारलाई बसन्त चौधरीको एक करोड



काठमाडौं- कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा बसन्त चौधरीले एक करोड सहयोग गर्ने घोषणा गरेका छन्।

उनले नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट एक करोड सहयोग गर्ने घोषणा गरेका हुन्।

‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको ‘कोरोना कोष’मा नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरुप ५० लाख नगद र ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गर्दछु,’ बसन्त चौधरीले ट्‍वीटरमा उल्लेख गरेका छन्।

सरकारको कोरोना राहत कोषमा गैर आवासीय नेपाली संघले पनि एक करोड सहयोग गर्ने घोषणा गरिसकेको छ।