बस चढेर निर्वाचन आयोग पुगे माधव नेपाल
काठमाडौं- निर्वाचन आयोगले सनाखतका लागि बोलाएपछि प्रस्तावित नेकपा एकीकृत समाज्वादीका अध्यक्ष माधव कुमार नेपाल बसमा बसेर त्यहाँ पुगेका छन् ।
दल दर्ताका लागि हस्ताक्षर सनाखत गर्न नेता नेपाल टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका हुन् । नेता नेपाल लगायतका नेताहरू हस्ताक्षर सनाखतका लागि आयोग पुगेका छन् ।
चन्द्रागिरी रिसोर्टमा दुईदिन बसेर काठमाडौं फर्केका नेताहरू आयोगमा पुगेका छन् । नेताहरू टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका थिए ।
नेपाल र बेदुराम भुसालसँगै रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा, मेटमणि चौधरी लगायतका सांसदहरू पनि निर्वाचन आयोग पुगेका छन् ।