बरुणको बाढिले अरुण नदि थुनिएपछि काठमाण्डौबाट मन्त्री सहितको प्रारम्भीक टोली संखुवासभा जाँदै - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

बरुणको बाढिले अरुण नदि थुनिएपछि काठमाण्डौबाट मन्त्री सहितको प्रारम्भीक टोली संखुवासभा जाँदै



बैशाख ८ संखुवासभा 

 

 

बरुण नदीमा आएको बाढीले अरुण नदी थुनिएपछि स्थानियमा त्रास थपएिको छ । ढुंगासहित आएको बाढीले बिहीबार अपराहृन करिव ४ बजेतिर अरुण नदीको बहाव रोकिएपछि संखुवासभाको भोटखोला गाउँपालिकाको स्याक्सीला गोलामा अरुण नदी थुनिदा जनजिवन त्रासपुर्ण बनेको हो ।
नदि थुनिदा झण्डै २ किलोमिटरको ताल बनेको छ भने बरुण बजारको सिंगो बस्ती जोखिममा छ । बाढिका कारण ४ वटा घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका जानकारी दिएका छन् ।

हिमताल फुटेर अरुण नदीमा बाढी आएको आशंका गरिएको छ तर, यकिन हुन सकेको छैन । सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तरमा पर्ने सो स्थानमा शुक्रबार विहान मात्र प्रहरी टोली पुगेको छ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा बनेको तालको पानी साबधानीपूर्बक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिएपछि गृहमन्त्रालयका तर्फबाट खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयको बिपद् व्यबस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भबिद्, जल तथा मौसम बिज्ञान बिभागका प्रतिनिधि, नेपाली सेनाका तीन जना प्राबिधिक, सशस्त्र प्रहरी, जल उत्पन्न प्रकोप बिभागका प्रतिनिधि सहितकोप्रारम्भिक टोली हेलिकोप्टरबाट संखुवासभा जाने तयारी गरिरहेको छ ।