कांग्रेस र एमाले नेताहरुबीचको वार्ता सकियो, के भयो सहमति ? - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

कांग्रेस र एमाले नेताहरुबीचको वार्ता सकियो, के भयो सहमति ?



काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एकालेका नेताहरुबीचको भेटवार्ता सकिएको छ।

प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु बालुवाटारबाट बाहिरिएका छन्।

भेटवार्तामा अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको सन्दर्भमा छलफल भएको बताइएको छ।

एमसीसी सम्झौता संसदीय प्रक्रियामा प्रवेश गरेपछि प्रधानमन्त्री देउवाले एमालेसँग छलफल बढाएका छन्। सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको पक्षमा मतदान गर्न नसकिने स्पष्ट पारेपछि प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउन एमालेसँग छलफल अगाडि बढाएका हुन्।

बिहीबार दिउँसो पनि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसहितका नेताहरुसँग छलफल गरेका थिए। दिउँसोको सहमतिअनुसार दुवै दलका नेताहरुबीच बेलुकी बालुवाटारमा वार्ता भएको हो। तर, वार्तामा कुनै समझदारी बने/नबनेको विषयमा भने नेताहरुले प्रतिक्रिया दिएका छैनन्।