ओली समूह र नेपाल समुहबीचको वार्ता सकियो - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

ओली समूह र नेपाल समुहबीचको वार्ता सकियो



काठमाडौं- नेकपा एमालेको केपी ओली समूह र माधव नेपाल समुहको वार्ता सकिएको छ । सिंहदरबारमा सुक्रबार साँझ बसेको वार्ता सकिएको हो ।

वार्तामा ओली पक्षबाट ओलीसहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) र अर्थमन्त्री विष्णु पौडेल थिए ।

नेपाल पक्षबाट नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी थिए । एमालेमा लामो समयदेखि ओली र नेपाल पक्षका बीचमा अन्तरसंर्घष चर्किदै आएको थियो ।

विवाद उत्कर्षमा जाँदै गर्दा नेपाल पक्षले संसद्बाट राजीनामा दिने तयारी र ओलीले पनि नेपाल सहितका नेतालाई कारबाही गर्नेसम्मको काम भएको थियो ।