ओली- प्रचण्ड वार्ता सकियो: प्रचण्डको अनुहार चम्किलो देखियो
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको संवादमा दुई अध्यक्ष मात्र वार्तामा बसेका थिए । ओलीसँगको वार्ता सकेर प्रचण्ड भर्खरै बालुवाटारबाट बाहिरिएको छन्। बाहिरिने क्रममा अन्य दिन भन्दा प्रचण्डको अनुहारमा चमक भएकोले सहमतिमा राम्रो संकेत देखिएको बालुवाटार स्रोतले बतायो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहीबार पनि अध्यक्षद्वयबीच वान टू वान संवाद चल्नेछ। बुधबार भएको छलफल सकारात्मक भएको उनको दाबी छ।
पार्टीभित्रको विवाद मिलाउन ओली-प्रचण्ड विगत तीन दिनदेखि निरन्तर संवाद गर्दै आएका छन्।
गत आइतबार प्रधानमन्त्री ओलीले संवादमा महासचिव विष्णु पौडेल र शंकर पोखरेललाई राखेका थिए भने अर्का अध्यक्ष प्रचण्डले ऊर्जा मन्त्री एवं स्थायी कमिटी सदस्य वर्षमान पुन र जनार्दन शर्मालाई राखेका थिए।