ओली-नेपाल वार्ता जारी: कार्यकर्तामा आशाको सञ्चार
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधव नेपालबीच वार्ता जारी छ । चपलीहाइटस्थितक्याप्टेन रामेश्वर थापाको घरमा भएको भेटवार्ता लामो समय चलेको छ ।
सामुहिक राजीनामाको तयारीमा रहेको नेपाल समुहको कारबाही फुकुवा गरेर एकाएक ओलीले भेटको प्रस्ताव गरेपछि बिहिबार दिउसो उनीहरू वार्तामा बसेका छन्।
करिब २ बजेदेखि बसेको वार्ता अझै सकिएको छैन । लामो समयपछि कारबाही फिर्ता लिएर वार्तामा बसेकाले उनीहरूबीचको वार्तालाई कार्यकर्ता तहमा आशाको संचार गरेको छ ।
नेपाल समुहले सामुहिक राजिनामाको तयारी गरेपछि संकटमा देखिएका ओलीले अन्तिम समयमा आएर नेपाल समुहका नेताहरूमाथि गरेको कारबाही फिर्ता लिएका थिए ।