वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न



ललित जाग्री / देवकलिया,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका- ५ सेउकलियामा रहेको घोटैली सामुदायिक वन उपभोक्ता समुहको छैटौं र सातौ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भएको छ।

घोटैली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रेशमलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सामुदायिक वन समन्वय समिति पहलमानपुरका अध्यक्ष पुष्कल बहादुर बम, विशिष्ट अतिथि सेक्टर वन कार्यालय पहलमानपुरका जमदार चिन्तामणि भट्ट रहनु भएको छ। त्यस्तै अतिथिहरुमा घोडाघोडी नगरपालिका वडा न. ५ का वडा सदस्य काले खत्री, महिला वडा सदस्य राजु बि.क. महोन्याल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष महेश महतरा, फुलबारी सामुदायिक वन समुहका अध्यक्ष रामदिन चौधरी, लालीगुराँस सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गणेश बहादुर चन्द, सेउकलियाका भल्मान्सा राम बहादुर चौधरी लगायतका रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै सामुदायिक वन समन्वय समिति पहलमानपुरका अध्यक्ष पुष्कल बहादुर बमले सामुदायिक वनको संरक्षण र उपभोग पनि आफैले गर्नु पर्ने भएकोले बनको बिधान अनुसार काम गर्न अनुरोध गर्नु भएको थियो ।त्यस्तै सेक्टर वन कार्यालय पहलमानपुरका जमदार चिन्तामणि भट्टले पछिल्लो समयमा देश संघीयतामा भए पछि प्रदेश राजधानी, वडा कार्यालय र मन्दिर जंगलमा बनाउने गर्नाले बन चपेटामा पर्न लागेको बताउनुभयो ।

सोहि कार्यक्रममा लेखा समिति संयोजक रंगलाल रोकायाले आर्थिक बर्ष २०७३/०७४ को रु ९५ हजार ५ सय ३८ र आर्थिक बर्ष २०७४/०७५ को रु ८५ हजार १५ बराबरको आयव्यय प्रस्तुत गर्नु भएको थियो ।

घोडाघोडी नगरपालिका वडा न. ५ की महिला वडा सदस्य राजु बि.क.को स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन ललित जाग्रीले गर्नु भएको थियो ।