११ औं बार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

११ औं बार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न



ललित जाग्री
पहलमानपुर,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका -१० पहलमानपुरमा रहेको सामुदायिक वन समन्वय समितिको ११ औं बार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

सामुदायिक वन समन्वय समितिका अध्यक्ष पुष्कल बहादुर बमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सेक्टर वन कार्यालय पहलमानपुरका प्रमुख भिम प्रसाद कडेल, विशिष्ट अतिथि वडा न. १० का वडाध्यक्ष भिम बहादुर बम, त्यस्तै अतिथिहरुमा दिगाे सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष प्रेम राज सापकाेटा,नेपाल पंक्षी संरक्षण संघका फिल्ड अधिकृत हिरुलाल डगौरा, सशक्त वेश क्याम्प पहलमानपुरका प्रतिनिधि किरण बिष्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सामुदायिक वन समन्वय समितिका लेखापाल रमेश बहादुर बिष्टले आर्थिक वर्ष २०७४/०७५ को रु ११ लाख ८० हजार ८ सय १३ बराबरको आयव्यय प्रस्तुत गर्नु भएको थियो ।

सोही कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघका फिल्ड अधिकृत हिरुलाल डगौरा, लालीगुराँस सामुदायिक वन उपभोक्ता समुहका सदस्य भावना पार्की, सिंगेकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष देव बहादुर सार्की, दिगाे सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष प्रेम राज सापकाेटा, वडा न. १० का वडाध्यक्ष भिम बहादुर बम, सेक्टर वन कार्यालय पहलमानपुरका प्रमुख भिम प्रसाद कडेल लगायतले वन वातावरण र वैज्ञानिक वन व्यवस्थापनका विषयमा मन्तव्य राख्नु भएको थियो ।