मन्त्रीमण्डल फेरिन्छ : उर्जामन्त्री वर्षमान पुन - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

मन्त्रीमण्डल फेरिन्छ : उर्जामन्त्री वर्षमान पुन



काठमाडौंः उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग परामर्श गरेर मन्त्रीमण्डल हेरफेर गर्न सक्ने बताएका छन्।

मन्त्री पुनले प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने भन्दै त्यसलाई आफूले महत्व नदिएको पनि स्पष्ट पारे। आइतबार आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले मन्त्रीहरुको कार्य विभाजनमा हेरफेर गर्ने विषय सामान्य भएको र बसुन्जेल देश र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्ने आफ्नो योजना रहेको पनि बताए। मन्त्री पुनले आफ्नो मन्त्रालयले सबैभन्दा बढि कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरेको दावी पनि गरे।

सिँचाईतर्फ २ हजार ३ सय कर्मचारी मध्ये एक हजार ६ सय भन्दाबढि कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको एक वर्षे प्रगति विवरणमा उल्लेख गरिएको छ। मन्त्री पुनले सिंचाईतर्फ २८ प्रतिशत मात्रै कर्मचारी संघ मातहत राखेर अन्यलाई संघीयताको भावना अनुसार प्रदेश र स्थानीय तहमा परिचालन गरिएको स्पष्ट पारे।

मन्त्री पुनले आफूले एक वर्षे कार्यकालमा राष्ट्रिय जलस्रोत नीति तर्जुमा गरेको तथा जलस्रोत ऐन प्रदेश र स्थानीय तहको अधिकारको बाँडफाँडसहित तयार पारिएको पनि स्मरण गराए। उनले ३ वर्ष भित्र सम्पन्न हुने गरी नदी बेसिन योजना तथा जलविद्युत विकास गुरुयोजना तर्जुमा गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिए। मन्त्री पुनले ९ सय ८२ मेघावाट जलविद्युत आयोजना आगामी आर्थिक वर्ष भित्र सम्पन्न हुने लक्ष्यका साथ काम भइरहेको पनि बताए।