वर्षमान पुनले रोकेपछि माओवादीको बैठक स्थगित - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

वर्षमान पुनले रोकेपछि माओवादीको बैठक स्थगित



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता वर्षमान पुनको आग्रहमा पदाधिकारी चयन नभएको बताएका छन् ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि अन्य पदाधिकारीबारे निर्णय गरेको थिएन् । बैठकपछि प्रचण्डले पार्टीका सिनियर नेता पुन र ओनसरी घर्ति उपचारका क्रममा बाहिर भएकाले पदाधिकारी चयन नभएको बताए ।

उनले भने – सिनियर लिडर मध्ये वर्षमान पुन र ओनसरी घर्ति भोली डिस्चार्ज भएर नेपाल आउँदै हुनुहुन्छ । उहाँहरु समेत सहभागी भएर पदाधिकारी चयन गुर्न भावनात्मक दृष्टिले राम्रो हुने भएकाले आज चयन भएको हो ।

नेता कृष्ण बहादुर महराले पदाधिकारीका बारेमा होमवर्क गर्न बाँकी रहेको बताए । पुन र घर्ति नेपाल बाहिर रहेको र उनीहरुको समेत परामर्श आवश्यक रहेको उल्लेख गर्दै उनले एकहप्तापछि बाँकी पदाधिकारीको टुंगो लाग्ने बताए ।

माओवादी केन्द्रीय सदस्य रेखा शर्माले पदाधिकारी चयनमा आफू पनि सहभागी हुन पाउँ भन्दै पुनले गरेको आग्रह स्वीकार गर्दै बैठक २५ गतेसम्मका लागि सरेको बताइन् ।

चीनमा उपचाररत पुन भोली डिस्चार्ज भएर नेपाल आउने र त्यसपछि बैठकमा सहभागी हुने उनले बताइन् ।

यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भोली मनोनयन गर्नुपर्ने र स्थायी समिति, पोलिट ब्युरो गठन लगायतको गृहकार्य गर्नुपर्ने भएकाले बैठक २५ गतेसम्म स्थगित भएको उनले बताइन् ।