कमजोर टिमसँग पनि हार्यो बार्सिलोना - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

कमजोर टिमसँग पनि हार्यो बार्सिलोना



स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता बार्सिलोनाले यो सिजनमा पहिलो हार बेहोरेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा लियोनल मेस्सी कप्तानीको बार्सिलोना पुछारको लेगानेशसँग २–१ ले पराजित भएको हो ।

सुरुमै अग्रता लिएर पनि बार्सिलोनाले हार टार्न सकेन । १२ औँ मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट अवे मैदानमा भएको खेलमा बार्सिलोनाले अग्रता लियो ।

पहिलो हाफमा पछि परेको लेगानेशले दोस्रो हाफमा दुई मिनेटमा दुई गोल गरेको हो । ५२ औँ मिनेटमा नबिल एल जहरले लेगानेशका लागि बराबरी गोल फर्काए । त्यसको एक मिनेटपछि ओस्कार रोड्रिग्वेजले गोल गर्दै टिमलाई जितको नजिक लगे ।

बार्सिलोनाले त्यसपछि गोल गर्न सकेन र हार स्वीकार्न बाध्य भयो । बार्सिलोनालाई हराएको लेगानेशले यसअघिका पाँच खेलबाट मात्रै एक अंक जोडेको थियो ।

बार्सिलोनालाई हराएपछि ६ खेलबाट चार अंक जोडेको लेगानेश १७ औँ स्थानमा उक्लिएको छ । १३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ ।