मेस्सी गम्भीर घाइते हुँदापनि बार्सिलोनाको जित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मेस्सी गम्भीर घाइते हुँदापनि बार्सिलोनाको जित



स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै साबिक विजेता बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ । बार्सिलोनाले यो सिजन राम्रो प्रदर्शन गर्दै आएको सेभिल्लालाई ४–२ ले हराएर शीर्ष स्थानमा पुनः उक्लिएको हो ।

बार्सिलोनाको जितमा फिलिप कोन्टिन्हो, लियोनल मेस्सी, लुइस स्वारेज र इभान रेकिटिकले गोल गरे । सेभिल्लाका लागि मुरिएलले एक गोल गरे भने बार्सिलोनाका लेङ्गलेटले आत्मघाती गोल गरे ।

दोस्रो मिनेटमा नै कोन्टिन्होको गोलबाट घरेलु टोली बार्सिलोनाले सुरुवाति अग्रता लियो । मेस्सीले १२ औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा टिमलाई २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै टिमका लागि दुई दुई गोल भयो । ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० मा लगे ।

७९ औँ मिनेटमा लेङ्गलेटले आत्मघाती गोल गरेपछि सेभिल्लाको खातामा एक गोल भयो । ८८ औँ मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीमा रेकिटिकले गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा लुइस मुरिएलले सेभिल्लाका लागि गोल गरेपछि खेलमा बार्सिलोना ४–२ ले विजयी भयो ।

यो खेलमा जित निकालेको बार्सिलोना ९ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा पुगेको छ । यसअघि १७ अंकसहित शीर्ष स्थानमा रहेको एलाभेस दोस्रो स्थानमा र सेभिल्ला तेस्रो स्थानमा झरेका छन् ।

बार्सिलोना शीर्ष स्थानमा पुगे पनि सेभिल्लासँगको खेलमा कप्तान मेस्सी चोटग्रस्त भए ।