बरियताकै आधारमा बन्लान त आइजीपी ? यस्तो छ अवस्था ! - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

बरियताकै आधारमा बन्लान त आइजीपी ? यस्तो छ अवस्था !



काठमाडौं – नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी छ । आम जनमानसमा के यो पल्ट बरियताकै आधारमा बन्लान त आइजीपी ?

प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु प्रतिस्पर्धामा छन् । सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की ।  यसमध्य खनाल र खरेल निकै चर्चित छन् ।

आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रुपमा छन् ।

वरीयतामा आधारमा अहिले खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ ०४६ मा प्रहरी निरीक्षक बनेका थिए ।

खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् ।

१ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल, खनाल र कार्कीसँगै इन्स्पेक्टर बन्न सफल भएका थिए ।