नेपालका चार खेलाडी ट्वेन्टी–ट्वेन्टी बरियतामा - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

नेपालका चार खेलाडी ट्वेन्टी–ट्वेन्टी बरियतामा



अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले नेपालका चार खेलाडीलाई बरियतामा राखेको छ।

आइसिसिले सार्वजनिक गरेको नयाँ बरियतामा ट्वेन्टी–ट्वेन्टी क्रिकेट तर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका हुन्।

ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङ्ग तर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र अटाएका हुन् ।

ट्वान्टी–ट्वान्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित ९० औं स्थानमा छन् भने २३८ अंकसहित शरद ९८ औं स्थानमा रहेका छन्। यसको शीर्ष स्थानमा अष्ट्रेलियाका आरोन फिन्च तथा दोस्रोमा पाकिस्तानका फकर जमान र तेस्रो स्थानमा भारतीय खेलाडी लोकेश राहुल छन्।

यस्तै ट्वान्टी–ट्वान्टी बलरको बरियतामा ३९७ अंकसहित बसन्त ७१ औं तथा ३३८ अंकसहित सोमपाल ९२ औं स्थानमा रहेका छन्। ट्वान्टी ट्वान्टी बलरको शीर्ष स्थानमा अफगानिस्तानका रासिद खान छन् भने दोस्रो स्थानमा पाकिस्तानका सहादाब खान छन्।