बर्दगोरीयामा अध्यक्षको मनोमानी, निर्णय र ईस्टिमेट बिना २० लाख विनियोजन  - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

बर्दगोरीयामा अध्यक्षको मनोमानी, निर्णय र ईस्टिमेट बिना २० लाख विनियोजन 



बौनिया ,कैलाली । कैलालीको बर्दगोरीया गाउपालिकाका अध्यक्ष बलिराम डगौरा थारुले मनोमानी ढंगबाट रकम बिनियोजन गरेको स्थानीयहरुले आरोप लगाएका छन । बर्दगोरीया धाममा बाटो ग्रावेल तथा माघि मेलाको लागी कार्यपालीकाको निर्णय र ईस्टिमेट बिना २० लाख रुपैया बिनियोजन गरेको पाईएकोे छ । यद्यपी रकम भने निकाशा हुन सकेको छैन ।

अध्यक्षले मनोमानी ढंगबाट बजेट बिनियोजन गरेकाले कार्यपालीकाको बैठकमा सहमती जुट्न नसकेको र अध्यक्षले भने बमोजिमको रकम बिनियोजन गर्न नसकिने एक कार्यपालिका सदस्यले बताउनु भयो । साथै उहाले अध्यक्षले आफुले भने बमोजिमको रकम बिनियोजन गर्नु पर्ने माग राख्नु भएको समेत जानकारी दिनु भयो । अध्यक्ष ज्युले भनेको कुरालाई हामी आँखा चिम्लेर बिश्वास गर्न सक्दैनौ, प्राबिधिकले अनुगमन गरी ईस्टिमेट गर्छ सोही अनुरुप हामीले रकम बिनियोजन गर्छौ एक अर्का कार्यपालिका सदस्यले भन्नु भयो ।

पहिला ईस्टिमेट बनाई योजनाको काम शुरु गर्नु पर्नेमा योजनाको काम सम्पन्न गरे पश्चात ईस्टिमेट बनाउन खोज्नु र आफुले भने बमोजिम रकम बिनियोज हुनु पर्ने माग राख्ने कार्य रकम दुरुपयोगको प्रयास भन्दै यस्को चौतर्फी बिरोध गरीएको छ ।

यता गाउपालिका अध्यक्ष थारुले भने रकम बिनियोजनको बिषयमा कार्यपालीकाको बैठक बस्न नसकेकाले निर्णय गर्न नसकिएको र आफुले निर्णय बिना नै काम शुरु गरेको स्वीकार गर्नु भयो । अव प्राबिधिकलाई अनुगमनमा पठाएर ईस्टिमेट बनाई सोही अनुसारको रकम बिनियोजन गर्ने उहाले बताउनु भएको छ । रकम बिनियोजन गरेर काम गर्दा आफ्नै क्षेत्रको बिकाश हुने भएपनी ईस्टिमेट बिना काम गर्दा प्रभावकारी काम नहुने र रकमको ब्यापक दुरुपयोग हुन सक्ने भन्दै स्थानीयहरुले चिन्ता ब्यक्त गरेका छन । बाटो ग्रावेल गरेको लामो समय हुदा पनी बाटोको अनुगमन र माघी मेलामा भएको कारोवारको रकम समेत सार्वजनिक गरीएको छैन ।