चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल : घोडाघोडी क्लब सेमिफाइनलमा प्रवेश - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल : घोडाघोडी क्लब सेमिफाइनलमा प्रवेश



विशाल पाण्डेय / सुखड ,कैलाली ।

घोडाघोडी क्लब सुखड सरस्वति एग्राे इण्डष्ट्रिज चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला फुटबल प्रतियाेगिता २०७५ काे सेमिफाइनलमा प्रवेश गरेको छ ।

घोडाघोडी क्लब सुखड र पि एफ ए अत्तरिया बिच आज भएको प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेल बराबरीमा सकिदा पेनाल्टी सुट आउटमा पि एफ ए लाई हराउँदै घोडाघोडी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै आज भएको पहिलाे क्वाटरफाइनल खेलमा अायाेजक सडकपुर बाैनिया यूवा क्लब ‘ए’ लाई ७ का विरुद्ध १ गाेलको अन्तरले हराउँदै जि .एच .आर. टिकापुर सेमिफाइनल पुग्न सफल भएको छ । टिकापुरकाे जितमा चेतन कठायतले ४ ,भरत शाहले २ र रोशन खत्रीले १ गोल गरेका थिए भने सडकपुर बौनिया युवा क्लब ए का तर्फ बाट सान्तवना गोल कुमार मास्केले गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेले २ लाख, मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले १ लाख, मेडल ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।

यसैगरी आईतवार जि .एच .आर. एफ सि टिकापुर र हाईबे बाटिका एफ सि बिच पहिलो सेमिफाइनल खेल हुने खेल संयोजक पुस्प भण्डारीले जानकारी दिए । यहि कार्तिक ८ गते बाट सुरु भएको प्रतियोगिता जिल्ला भित्रका विभिन्न १९ वटा टिमहरुकाे सहभागिता रहेको थियो । प्रतियोगिता कार्तिक २० गते सम्म चल्ने छ ।