बार्सिलोना : एक जित, उपाधि पक्का - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

बार्सिलोना : एक जित, उपाधि पक्का



स्पेनिस ला लिगा फुटबलको उपाधिका लागि बार्सिलोनालाई अन्तिम खेलसम्ममै पर्खिनु नपर्ने भएको छ ।

लिग अन्तर्गत बिहीबार राति भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड पराजित भएपछि बार्सिलोनालाई अब उपाधिका लागि एक जित मात्रै भए पुग्ने भएको छ ।

अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड रियल सोसिडाडसँग ३–० ले पराजित भयो । यो हार लिगमा एथ्लेटिकोले जारी सिजनमा बेहोरेको सबैभन्दा ठूलो पराजय हो ।

रियल सोसिडाडको जितमा डा सिल्भाले एक तथा एडनान जानुजाले दुई गोल गरे । पहिलो हाफमा एक गोल खाएको एथ्लेटिकोले दोस्रो हाफमा थप दुई गोल खायो र उसको उपाधि होड लगभग सकियो ।

बार्सिलोनाले अब २९ अप्रिलमा हुने डिप्रोटिभो डी ला कोरुनासँगको खेल जितमा उपाधि पक्का गर्नेछ । ला लिगाको २५ औँ उपाधिका लागि बार्सिलोना अब एक जित पर छ ।

गएको सिजन दोस्रो भएको बार्सिलोनाको यो सिजन लिगका पाँच खेल बाँकी हुँदा ८३ अंक भएको छ । बिहीबार रातिको खेलमा पराजित भएको दोस्रो स्थानको एथ्लेटिकोको ७१ अंक छ अर्थात १२ अंकले पछि रहेको छ ।