बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक



एजेन्सी -स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सन् २०१९–२० को सिजनका लागि बार्सिलोनाले पुरानो डिजाइनलाई परिमार्जन गरेर नयाँ कलरमा ढालेको जर्सी बनाएको छ ।

क्लबका दुई स्टार खेलाडी लियोनल मेसी र जेरार्ड पिकेले नयाँ जर्सीलाई सार्वजनिक गरेका हुन् । बार्सिलोनाको यो नयाँ जर्सीको डिजाइन आर्किटेक्ट एन्टोनी गाउडीले गरेका हुन् । यो जर्सीमा बार्सिलोनाले परम्परागत नीलो कट्टु र मोजा लगाउनेछ ।

क्लवले नयाँ जर्सीलाई मंगलबारदेखि बजारमा पनि बिक्रीका लागि उपलब्ध गराएको छ । यो जर्सीले काटालानको झण्डाको प्रतिनिधित्व गर्नुका साथै जर्सीको पछाडी झण्डा पनि राखिएको छ ।