परिवर्तन देख्न नसक्ने ओली कसरी राष्ट्रबादी ? - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

परिवर्तन देख्न नसक्ने ओली कसरी राष्ट्रबादी ?



हिमाल पोष्ट / बुटवल,माघ  ५  । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले एमालेको खोक्रो राष्ट्रबाद सकिएको बताएका छन् ।

उनले एमाले अध्यक्ष ओली प्रति कडा टीप्पणी गर्दै भने— ‘गणतन्त्र बिरोधी ओली अ‍ैले कसरी राष्ट्रबादी हुनसक्छन्,उनी परिबर्तनका बिरोधी हुन् ।’  पहिले भारतकै निर्देशनमा सबैकुरा मान्ने अहिले सरकार छाड्नुपरेको छट्पटाहटका कारण जथाभाबी बोल्नुको कुनै तुक छैन —घिमिरेले भने ।

रुपन्देहीको मोतिपूरमा नेपाली कांग्रेस वडा न १९ ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले एमालेले मधेशी जनतालाइ नेपाली नदेख्नु गलत नजर भएको बताए । संबिधान संसोधन मार्फत मधेशका जनताको माग सम्बोधन गर्नुपर्ने बताए । उनले प्रदेश न ५ मा भैरहेको आन्दोलनलाइ जनताको भाबना अनुरुप नै जानुपर्ने बताए ।

प्रदेश न २ मा पनि पहाड मिसाउनुपर्छ ५ मा रहेका पहाडी जिल्ला टुक्राउनु हुदैन उनले भने  । सरकारले निर्बाचनको लागि तयारी गर्नुपर्ने भन्दै उनले अब हुने तीनै तहको निर्बाचनका लागि तयार रहन पनि कार्यकर्तालाइ निर्देशन दिए ।

मोतिपूर नेपाली कांग्रेस वडा न १९ का सभापति बाबुराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस ४ नं क्षेत्रीय सभापति हरि लम्साल,नेपाल पब्लिक प्राध्यापक संघका अध्यक्ष गोपाल पाण्डे,बुटवल नगरसभापति खेलराज पाण्डे,नेबिसंघ नेता बिष्णु पोखरेल, मानबहादुर गुरुङ, माया भण्डारी लगायतले बोल्दै कांग्रेसले पार्टी भित्रको गुट उपगुट बन्द गरेर एकढिक्का हुन सुझाएका थिए ।