बाराका थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

बाराका थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु



वीरगञ्ज– वीरगञ्जको कोभीड अस्पतालमा उपचाररत बाराका दुई जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

नारायणी अस्थायी विशेष कोरोना हेल्थ केयर अस्पतालमा कलैया उप महानगरपालिका र विश्रामपुर गाउँपालिकाका दुई पुरुषको मंगलबार राति उपचारको क्रममा ज्यान गएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १ का ६६ वर्षका पुरुष र बिश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षका पुरुषहरू रहेको मिश्रले बताए।

कलैयाका पुरुषको राति पौने ११ बजे मृत्यु भएको थियो । उनी गत भदौ २ गते अस्पतालमा भर्ना भएका थिए।

यस्तै विश्रामपुरका पुरुष मंगलबार दिउँसो भर्ना भएका थिए। उनीहरु दुवै जनामा निमोनियासँगै स्वासप्रस्वासमा समस्या देखिएको थियो।