बराहक्षेत्र फुटबल क्लब फाईनलमा प्रबेश। - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

बराहक्षेत्र फुटबल क्लब फाईनलमा प्रबेश।



ओम प्रकाश बानियाँ/संगम बिष्ट

एभरेस्ट फुटबल क्लबको आयोजनामा बराह नगरपालीका ३ नडाहामा जारी प्रथम मेयर कप अन्तर्गत बिहिबार भएको खेलमा बराहक्षेत्र फुटबल २/० गोलले बिजयी भएको छ ।

दुबै टिममा राष्ट्रिय खेलाडिहरुको उपस्थिति बाक्लो रहेको देखिन्थ्यो । कर्ण लिम्बू निराजन खड्का, प्रकाश बुढाथोकी , बिष्णु सुनुवार , रोमन गुरुङ्ग, बिनय श्रेष्ठ र बर्तमान राई जस्ता राष्ट्रिय स्तरका खेलाडी भएको बराहक्षेत्र फुटबल क्लबले खेलको पहिलो हाप सम्ममा दुबै टिमबाट कुनै गोल हुन नसकेको खेलमा दोस्रो हापको ४१ अौ मिनेटमा जर्सि नं ८ का सन्तोष तामाङ्गले गोल गर्दै आफ्नो टिमलाई ० का बिरुद १ गोलको अन्तरले अग्रता दिलाउन सफल भएका थिए ।

खेलमा बराहक्षेत्र फुटबल क्लबका खेलाडीलाई बेलबारीका खेलाडिले डि बक्स एरियामा लडाए पछि पाएको पेनान्टी किकलाई ५१ अौ मिनेटमा जर्सि नं ८ कै सन्तोष तामाङ्गले पुन अर्को गोल गर्दै ब्याक्तिगत २ गोलको मदतले आफ्नो टोमलाई ० का बिरुद २ गोलले अग्रता दिलाएका थिए ।

उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन २ गोल गरेका बराहक्षेत्र फुटबल क्लब चतराका जर्सि न. ८ का सन्तोष तामाङ्ग म्यान अफ द म्याच घोषित भएका थिए । तामाङ्गलाई समाजसेबि मीन कुमार चामलिङको हातबाट नगद २ हजार ५ सय नगद सहित ट्रफि प्रदान गरिएको थियो ।

प्रथम पुरस्कार रु १ लाख १ हजार र दोस्रो पुरस्कार ५१ हजार रहेको प्रतियोयोगितामा शुक्रबारको खेल १ नं प्रदेश प्रहरी टिम बिराटनगर र आयोजक एभरेस्ट फुटबल क्लबका बिच हुने छ ।