बार मतगणना : एकाएक सुनिल पोख्रेलको अग्रता
काठमाडौं : लोकतान्त्रीक समुहका अध्यक्षका उम्मेद्धार सुनिल कुमार पोख्रेलले अग्रता लिएका छन्। विभिन्न २३ स्थानको पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रीक समुहका पोख्रेलले ९ सय ८३ मत ल्याएका छन्।
यस्तै प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले ९ सय २४ मत ल्याएका छन्। अहिलेसम्म २ हजार ६९३ मत गणना सकिएको छ।
त्यसैगरी, महासचिवमा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ५३६ मत र लोकतान्त्रिक समूहका लिलामणि पौडेलले ४९३ मत प्राप्त गरेका छन्। पच्चीसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो।
निर्वाचनमा देशभरका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।