अब बैंकरहरूले ब्यापार व्यवसाय गर्न नपाउने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अब बैंकरहरूले ब्यापार व्यवसाय गर्न नपाउने



काठमाडौँ — अब बैंकका लगानीकर्ता र बैंकरहरूले निजि क्षेत्रको व्यवसायमा लगानी गर्न नपाइने भएको छ ।आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्ट्याउने नीति लिने भएपछी यस्तो अवस्था आएको हो ।

एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ बाझिने भएकाले वित्तीय क्षेत्रमा समस्या आएको निष्कर्ष राष्ट्र बैंकले निकालेकोले यस्तो नीति अपनाउन लागिएको राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताए ।

कान्तिपुर मिडियाले गरेको ‘मौद्रिक नीति विशेष अन्तर्क्रिया’ मा गभर्नर नेपालले बताएअनुसार, बैंकर र व्यवसायी छुट्ट्याउने व्यवस्थाको तयारी भैरहेको छ । एउटै व्यक्ति बैंकर र व्यवसायी हुँदा स्वार्थ बाझियो । उनले भने ।

एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गरेकै कारण नेपाली वित्तीय क्षेत्रमा सुशासन बिग्रिँदै गएको अन्तरक्रियामा सहभागीले बतेका छन्  ।

बैंकिङ क्षेत्रमा संस्थागत सुशासन बिग्रिनुको मूल जड नै यही भएको पनि चर्चा कार्यक्रममा भएको थियो । सहभागीले भारतलगायतका राष्ट्रमा एकै व्यक्तिले बैंक र व्यवसाय चलाउन नपाउने व्यवस्था रहेको समेत बताएका थिए ।

यसअघि हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा व्यवसायी बैंकर हुन नपाउने व्यवस्थाका लागि राष्ट्र बैंकले प्रयास गरे पनि कानुनी मान्यता पाउन सकेको थिएन । अहिले फेरि त्यस्तै व्यवस्था ल्याउन लागिएको गभर्नरले बताएका हुन् ।