बाँकेमा एकैरातमा आठ संक्रमितको मृत्यु - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

बाँकेमा एकैरातमा आठ संक्रमितको मृत्यु



काठमाडौं- कोभिड १९ संक्रमणको हटस्पट बनेको लुम्विनी प्रदेशको बाँकेमा मृत्तकको संख्या निरन्तर बढिरहेको छ । जिल्लाका अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये गएराती पनि आठ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ जना जिल्ला बाहिरका छन् भने ६ जना नेपालगन्ज उपमहानगरका नागरिक हुन् । डीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार बैशाख २३ गते भेरी अस्पताल भर्ना भएका बारबर्दिया ६ का ३७ वर्षिय पुरुषको बिहिबार राती ९ बजे मृत्यु भएको छ भने गत बैशाख २ गते भेरी अस्पता भर्ना भएकी टिकापुर कैलालीकी ४८ वर्षिया महिलाको राती ११ः३० बजे मृत्यु भएको छ ।

त्यसैगरि २३ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज ६ की ३४ वर्षिय पुरुषको राती १ः३० बजे, २१ गते भर्ना भएकी ५६ वर्षिया महिलाको राती २ बजे, नेपालगन्ज ३ का ५० वर्षिय पुरुषको बिहान ३ बजे, तथा १६ गते भर्ना भएकी नेपालगन्ज १२ की ६० वर्षिया महिलाको ३ः३० बजे मृत्यु भएको छ ।

त्यस्तै २१ गते भेरी अस्पताल भर्ना भएकी नेपालगन्ज १० की ५४ वर्षिया महिलाको बिहान ६ बजे तथा २० गते भेरीमा भर्ना भएका नेपालगन्ज ६ का बिहिबार साँझ ६ः५० बजे मृत्यु भएको बाँकेका फोकलपर्शन तेज ओलीले बताए ।

योसँगै बाँकेमा जिल्लाभित्रमा मात्रै मृत्यु हुनेको संख्या १६९ जना पुगेको छ भने जिल्ला बाहिरका १३० जनाले बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन् ।