बाँकेमा अक्सिजन सिलिण्डर बोकेको गाडी दुर्घटना - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

बाँकेमा अक्सिजन सिलिण्डर बोकेको गाडी दुर्घटना



बाँके- बाँकेमा अक्सिजन सिलिण्डर बोकेको गाडी दुर्घटना भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका-२ अगैया नजिक सिलिन्डर बोकेको जिप दुर्घटनामा परेको हो।

जीप नेपालगञ्जबाट दाङको तुलसीपुर जाँदै गरेको बताइएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा सवारी चालक तथा सहचालक सकुशल छन् ।

जिपले २० थान ठुलो भरिएको अक्सिजन सिलिन्डर बोकेको थियो। जिपमा लोड गरिएको अक्सिजनलाई अर्को गाडीमा राखेर पठाउन लागिएको शम्शेरगन्ज प्रहरी चौकीले जनाएको छ।