क्रिप्टोकरेन्सी कारोबारमा लाग्नेलाई नछोड्ने राष्ट्र बैंकको चेतावनी - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

क्रिप्टोकरेन्सी कारोबारमा लाग्नेलाई नछोड्ने राष्ट्र बैंकको चेतावनी



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार नगर्न पुनः सचेत गराएको छ ।

केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा चेतनामुलक सामाग्री प्रकाशन गर्दै छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम रहेको जनाएको छ ।

मंगलबार जारी चेतनामुलक सामाग्रीमा राष्ट्र बैंकले भनेको छ, “पछिल्लो दशकमा विश्वव्यापी रूपमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार बढ्दै गरेको सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पनि यसको कारोबार वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको छ । यसैगरी, विदेशबाट सञ्चालित पिरामिडमा आधारित नेटवर्क मार्केटिङ व्यवसाय पनि नेपालमा सक्रिय रहेको विषय पनि सञ्चार माध्यममा आएको छ ।”

राष्ट्र बैंकले अगाडि भनेको छ, “छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुनेतथा कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन यस बैंकले समयसमयमा सूचना प्रकाशन गरी आह्वान गर्दै आएको छ ।”

राष्ट्र बैंकले कानुनि झन्झटमा फसिने भन्दै घुमाउरो पारामा यस्ता कारोबार गर्नेलाई कारबाही गरिने बताएको छ । यसअघि पनि राष्ट्र बैंकले यस्ता सचेतनाहरू जारी गर्दै आएको थियो ।