अब बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई कोरोना लागे सरकारले उपचार नगर्ने - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

अब बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई कोरोना लागे सरकारले उपचार नगर्ने



काठमाडौं- सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सरकारले उपचार नगर्ने भएको छ । कोरोना उपचारमा लाग्ने सम्पूर्ण खर्ब सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको हो ।

संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च गर्न राष्ट्र बैंकले भनेको छ ।

कोरोना लागेका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरुलाई पनि बैंककै खर्चमा क्वारेनटाइनमा राख्न समेत भनिएको छ ।

क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सेवा सुविधा समेत बैंकले दिनु पर्नेछ । राष्ट्र बैंकले २ सय भन्दा बढी संक्रमित भएका जिल्लाका बैंक शाखाहरुलाई ५० प्रतिशत कर्मचारीमात्रै राखेर सेवा दिन भनेको छ ।

सेवा दिदा बैंकहरुले सम्भव भएसम्म वर्क फ्रम होम वा सहज कार्यशैली (फ्लेक्जीवल वर्किङ मोडल) अपनाउन भनेको छ ।