बमजनविरुद्ध प्रहरीले उजुरी लिन मानेन - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

बमजनविरुद्ध प्रहरीले उजुरी लिन मानेन



काठमाडौं । सर्लाहीको पत्थरघट्टामा शिविर बनाएर बसिरहेका तपस्वी रामबहादुर बमजनविरुद्ध प्रहरीले उजुरी लिन मानेको छैन । आफू बमजनबाट १८ पटक बलात्कृत भएको भन्दै शनिबार काठमाडौं आएर पत्रकार सम्मेलन गरेकी रौतहटकी युवतीले उजुरी दिन खोज्दा प्रहरीले सर्लाहीको घटना भन्दै पन्छिएको हो ।

दुई वर्ष ‘आनी’ बनेर बस्दा १८ पटक बलात्कारको सिकार भएको थिएँ, प्रहरीमा उजुरी गर्छु भन्दा धर्मविरुद्ध प्रहार हुन्छ भन्दै रोकियो,’ युवतीले भनेकी छिन्, ‘यो घटना बाहिर ल्याउनै समस्या प¥यो, अहिले पुरानो घटना भन्दै प्रहरीले उजुरी लिन मानेन, सर्लाहीको घटना भएकाले सर्लाहीमा उजुरी दिनु पर्छ भनेको छ ।’

‘बलात्कारको घटना एक वर्ष अघिको भएकाले किशोरीको घटना पुरानो भएकाले समस्या भएको हो,’ सञ्चारकर्मी नारायण पौडेलले भने, ‘अदालतको आदेशमार्फत पत्थरघट्टामा छापा मार्ने या अरु कुनै कानुनी उपाय खोजेर डिएनए गराउनेसम्मका काम गर्नु पर्ने भएको छ ।’

अरु पनि पीडित छन्

तपस्वी रामबहादुर बमजनले अरु युवतीलाई पनि यौन दुव्र्यवहार गरेको घटना पीडितले भनेकी छन् । तर घटना बाहिर आउन सकेको छैन । त्यहाँ अदालतबाटै आदेश लिएर छापा मार्न सकियो भने तथ्य बाहिर आउने छ । पीडितको घटना पुराना भएकाले कानुनी कारबाहीमा समस्या छ । तर यो घटनाले बमजनलाई भने छानबिनको दायरामा ल्याएको छ ।

युवतीलाई सिविन पठाइयो

काठमाडौं आएर आफू बमजनबाट बलात्कृत भएको बताउने युवतीलाई प्रहरी र अधिकारीकर्मीको रोहवरमा सिविनमा पठाइएको छ । कानुनी कारबाहीको काम अघि बढिरहँदा ‘असुरक्षा’ देखिएकाले सिविनमा पठाइएको हो ।