बम्जनको आश्रममा आउजाउ गर्न पूर्ण निषेध - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

बम्जनको आश्रममा आउजाउ गर्न पूर्ण निषेध



काठमाडौं । सञ्चालकसहित ३ आनी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रममा आउजाउ गर्न पूर्ण निषेध गरिएको छ ।

इन्द्रावती गाउँपालिकाको बाडेगाउस्थित जंगलको आश्रम क्षेत्रमा अनुयायीबाहेक कोही जान पाउँदैनन् । शुक्रबारदेखि अनुसन्धानमा व्यस्त सीआईबी फोरेन्सिक विज्ञसहितको टोलीले आइतबार आश्रमभन्दा ३ सय मिटर पर तरकारी बारीमा शंकास्पद स्थान उत्खनन गर्दा आठवटा नुनको खोल बरामद गरेको थियो । त्यसपछि आश्रमस्थलमा जान प्रतिबन्ध लगाएको छ ।

तीनदिने अनुसन्धानपछि नुन मिसिएको माटोसँगै छेउमा प्राप्त कोइलाबारे परीक्षण भइरहेको प्रहरीले जनाएको छ । १५ फिट गहिरो खनिसकेपछि पत्रेढुंगासहित नुनको खोल र कोइला अवशेष फेला प¥यो, त्यसको परीक्षणसँगै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी नायव उपरीक्षक विमराज कँडेलले जानकारी दिनुभयो । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।