वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ
राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले घुस रकमसहित कार्यकक्षबाटै पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महोत्तरीबाट खटिएको टोलीले सहायक प्रबन्धक काफ्लेलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
आयोगका अनुसार काफ्लेले ऋण स्वीकृत गर्नका लागि सेवाग्राहीसँग उक्त रकम लिएका थिए ।