न्युजिल्यान्ड जीत निकाल्दै शिर्ष स्थानमा, बंगलादेश स्तब्ध - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

न्युजिल्यान्ड जीत निकाल्दै शिर्ष स्थानमा, बंगलादेश स्तब्ध



काठमाडौं- आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेर न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा बंगलादेशमाथि २ विकेटको जित हात पार्दै न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो।

बंगलादेशले दिएको २४५ रनको लक्ष्य न्युजिल्यान्डले ८ विकेटको क्षतिमा ४७.१ ओभरमा पार गर्यो। न्युजिल्यान्डका लागि मिचेल सान्टनरले नटआउट १७ रन जोड्दा रोश टेलरको ८२ रन जितका लागि आधार बन्यो। टेलरले ९१ बलमा ९ चौका हिर्काए। मार्टिन गुपटिल र नसिमले २५-२५ रन जोड्दा केन विलियमसनले ४० रनको योगदान दिए। बलिङमा बंगलादेशका मेहदी हसन मिराज, सकिब अल हसन, मोहमद सइफुदिन र मोसाडक हुसेनले २-२ विकेट लिए।

त्यसअघि न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेश ४ बल खेल्न बाँकी छदा २४४ रनमा अलआउट भयो। उसका लागि सकिब अल हसनले ६४ रन जोडे। मोहमद मिथुले २६ रन जोडे भने तमित एकबालले २४ रन र सौम्य सरकारले २५ रन बटुले। सइफुदिनले २९ रनको योगदान दिए। बलिङमा न्युजिल्यान्डका हेनरीले ३ विकेट लिए भने ट्रेन्ड बोल्टले २ विकेट हात पारे।