वेष्ट इन्डिजमाथि बंगलादेशको सानदार जित - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

वेष्ट इन्डिजमाथि बंगलादेशको सानदार जित



एजेन्सी । वेष्ट इन्डिजसँगको ३ खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा बंगलादेशले जित हात पारेको छ । अइतबार राति भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ४८ रनले पराजित गरेको हो ।

२८० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३१ रन मात्रै बनाउन सक्यो । वेष्ट इन्डिजका लागि शिम्रोन हिटम्यरले ५२ र क्रिस गेलले ४० रन बनाएपनि बंगलादेशलाई रोक्न सकेनन् ।

बंगलादेशका लागि मश्राफे मोर्टाजाले ४ विकेट लिए ।

यसअघि गुयनास्थित प्रोभिडेन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धातिर ५० ओभरमा ४ विकेटको क्षतिमा २७९ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर तमिम इक्बलले अविजित १३० रनको शतकीय पारी खेले । उनले १६० बलमा १० चौका र ३ छक्काको मद्दतमा १३० रन बनाएका थिए ।

बंगलादेशका लागि शकिब अल हसन शतक बनाउनबाट ३ रनले चुके । उनले ९७  रन बनाए । त्यस्तै, मुश्फिक्युर रहिमले ३० रन बनाए ।