हकको शतकमा बंगलादेशलाई बिशाल लक्ष्य : अघिल्लो चरण कठिन - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

हकको शतकमा बंगलादेशलाई बिशाल लक्ष्य : अघिल्लो चरण कठिन



एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई जितका लागि ३ सय १६ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।

लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनायो ।

पाकिस्तानका इमाम उल हकले शतकीय इनिङ्स खेले । १०० बल खेलेका उनले ७ चौकाको मद्दतले १०० रन बनाए । य

यस्तै बाबर आजमले ९६, इमाद वासिमले ४३, मोहमद हाफिज २७ तथा फखर जमानले १३ रन बनाए ।

बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट लिए ।  यस्तै मोहमद सैफुदीनले ३ विकेट लिए ।

आज दुवै टिम यस विश्वकपको अन्तिम खेल खेलिरहेका छन् ।  दुवै टिम सेमिफाइनल समिकरण भन्दा लगभग बाहिर छन् । तर पाकिस्तानको सेमिफाइनल पुग्ने अंक गणितिय सम्भावना भने जिवितै छ ।

पछिल्लो समय गरिरहेको प्रर्दशनले बंगलादेश पाकिस्तानविरुद्व हाबी हुने देखिन्छ ।

पाकिस्तान तालिकाको पाँचौ स्थानमा छ । उसको सेमिफाइनल पुग्ने गणितिय सम्भावना भने बाँकी छ । तर त्यसका लागि उसले ठुलो अन्तरको जित निकाल्न आवश्यक छ ।

चौथो स्थानको न्युजिल्याण्डको राम्रो नेट रनरेट भएका कारण पाकिस्तानको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन छ ।
बंगलादेश ७ अंक सहित तालिकाको सातौ स्थानमा छ ।