बानेश्वरमा गोली चल्यो - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

बानेश्वरमा गोली चल्यो



काठमाडौं– एमसीसीविरुद्धको आन्दोलन चर्केपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको छ। प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले बल प्रयोग गरेको हो।

यसअघि दिउँसो प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो।

आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दै ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइदैन’लगायत नारा लगाइरहेका छन्। उनीहरूलाई तित्तरवित्तर पार्न प्रहरीले यसअघि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो।

प्रहरीको बल प्रयोगबाट अखिल क्रान्तिकारीका करिब एक दर्जन नेता/कार्यकर्ता घाइते भएको बताइएको छ। घाइते हुनेमा नेताहरू केशव रावल, समीर लुईटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादवलगायत छन्।

एमसीसी सम्झौता भने संसद्‍मा टेबल भइसकेको छ। माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले भने एमसीसी यथास्थितिमा पारित गर्न नहुने अडान राख्दै आएका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा नै बसेर सरकारकै प्रस्तावको विरोध गर्नु डबल स्ट्यान्डर्ड हुने भन्दै त्यस्तो डबल स्ट्यान्डर्ड त्याग्न माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई आग्रह गरेका छन्।