एमसीसी विरोध : ढुंगामुढा प्रहार र अश्रुग्यास, यस्तो छ ताजा अवस्था - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

एमसीसी विरोध : ढुंगामुढा प्रहार र अश्रुग्यास, यस्तो छ ताजा अवस्था



काठमाडौं।अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा ६ राजनीतिक दलले गरेको प्रदर्शनले उग्र रूप लिएको छ।

कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि शुरु भएको घम्साघम्सीपछि शुरु भएको विवादले बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ।

शुरुमा प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार गरेको प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ भने प्रदर्शनकारीहरूले ढुंगामुढा हानिरहेका छन्। झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।