बानेश्वरमा प्रहरी र प्रर्दशनकारीबीच झडप , ३ प्रहरी घाइते १६ प्रदर्शनकारी पक्राउ - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

बानेश्वरमा प्रहरी र प्रर्दशनकारीबीच झडप , ३ प्रहरी घाइते १६ प्रदर्शनकारी पक्राउ



उपत्यकाका विभिन्न स्थानमा सडक विस्तारका नाममा स्थानीय बासिन्दाको उठीवास लगाउने र प्राचीन सहरी सम्पदा ध्वस्त बनाउने काम भएको भन्दै बुधवार माइतीघर मण्डलामा उपत्यका निवासी नेवारहरूले विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा हजारभन्दा बढीको सहभागिता थियो ।

उपत्यकामा सडक विस्तारका नाममा पुराना बस्तीहरूमात्र हैन, शताब्दीयौं पुराना सांस्कृतिक सम्पदासमेत ध्वस्त हुने भएपछि संघर्ष समिति नै बनाएर उपत्यकावासी सडकमा ओर्लेका छन् । यही क्रममा बुधबार काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको थियो । ३ प्रहरी घाइते भएको र १६ प्रदर्शनकारी पक्राउ परेको प्रहरीले जनाएको छ । भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा र आश्रुग्याँस प्रहार गरेको थियो ।

पक्राउ परेकाहरुलाई महानगरिय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । प्रदर्शनकारीले प्रहरीको दुईओटा गाडीमा समेत तोडफोड गरेका महानगरीय प्रहरी कार्यालयका एसएसपी पूर्णचन्द्र जोशीले बताए ।बार्हखारीबाट