भारतले खोल्न नमानेको बाँध भत्कियो : भारतीय बस्तीमा बिचल्ली - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

भारतले खोल्न नमानेको बाँध भत्कियो : भारतीय बस्तीमा बिचल्ली



रौतहट- अविरल वर्षाका कारण भारतले खोल्न नमानेको बाँध भत्किएको छ । बाँध भत्किएपछि भारतीय बस्तीमा बिचल्ली मच्चिएको छ ।

बाढीले बैरगनिया, अशोगी, भकुरहर र सिन्धुलिया बाँध भत्काएको हो । यो बाँध भारतीय पक्षले खोल्न मानेको थिएन । बाँध नदीमा बढेको पानीको बहाबले भत्काएको स्थानीयले बताएका छन् ।

बाँधका कारण रौतहटका अधिंकाश गाउँ डुबानमा परेका छन् । जिल्ला जलमग्न भएपछि बाँध खोल्न जिल्ला प्रशासनले थालेको पहललाई भारतीय पक्षले अस्वीकार गर्दा बाँध फुटेको हो ।

बाँध फुटेपछि रोतहटमा पानीको सतह कम हुँदै गएको छ भने भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलियामा पानीको सहत बढ्न थालेको छ । त्यहाँका स्थानीय अहिले त्रसित भएका छन् ।