देशभर बमको त्रास, बन्दको पूर्ण प्रभाव - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

देशभर बमको त्रास, बन्दको पूर्ण प्रभाव



काठमाडौं- ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य रहेपनि बाहिरि जिल्लाहरु भने पूर्ण प्रभावित बनेका छन्  ।

आफ्ना कार्यकर्ता हत्या तथा पक्राउ गरेको विरोधमा आज विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दले  काठमाडौंबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प प्रायः छन्। विद्यालय, बजार तथा उद्योग, कलकारखानासमेत बन्दको प्रभावमा परेका बताइएको छ।

आज देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएका छन्। प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार देशका २८ भन्दा बढी स्थानमा शंकास्पद वस्तु राखिएको भेटिएको छ। जनतामा त्रास र भय सिर्जना गर्न तार हुक गरी यस्ता शंकास्पद वस्तु राखिएको उनले बताए।

यस्तै शंकास्पद वस्तु किर्तिपुर र ललितपुरको जावलाखेलमा समेत राखिएको भेटिएको छ। किर्तिपिरको नयाँबजारको गेट छेउमा बिहान ५:०५ बजेको समयमा रातो झण्डाले बेरिएको भित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु भेटिएको र सो वस्तु नभएको प्रमाणित भएको प्रहरीले जनाएको छ।

यस्तै शंकास्पद वस्तु जावालाखेलमा पनि भेटिएको भए पनि सो वस्तु बम नभएको प्रहरीले स्पष्ट पारेको छ।

विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएपछि देशभर सुरक्षाव्यवस्था कडा बनाइएको छ। सोमबार रात्री सेवा तथा मंगलबार बिहान छुटेका लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरी गन्तव्यमा पुर्‍याउने काम भइरहेको पनि प्रहरीले जनाएको छ।