बन्द भएका सार्वजनिक र सरकारी उद्योग सञ्चालन गर्ने घोषणा - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

बन्द भएका सार्वजनिक र सरकारी उद्योग सञ्चालन गर्ने घोषणा



सरकारले बन्द भएको सार्वजनिक र सरकारी उद्योगलाई पुन सञ्चालनमा ल्याउने भएको छ ।

आगामी वर्षदेखि जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग लगायत अन्य बन्द स्थितीमा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने भएको हो ।

हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सुरक्षाकर्मीले लाउने व्यवस्था समेत मिलाउने अर्थमन्त्री जनार्दन शर्माले बताए ।