यातायातका साधन र आन्तरिक उडान बन्द गर्ने तयारी - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

यातायातका साधन र आन्तरिक उडान बन्द गर्ने तयारी



काठमाडौ- सिसिएमसीको सिफारिसमा सरकारले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । कोरोना संक्रमण नियन्त्रण बाहिर जाने आंकलन गर्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी गर्ने तयारी भएको छ।

सीसीएमसीको आइतबारको बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुन लागेको हो। संक्रमण जोखिम बढेका जिल्लामा बैशाख १५ गतेदेखि निषेधाज्ञा गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।

सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक परिपत्रसमेत गरिसकेको छ। सीसीएमसीको प्रस्ताव अनुसार निर्णय गर्न अहिले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ।

प्रस्तावअनुसार भएमा आगामी बुधबार बिहान ६ बजेदेखि यातायातका साधन बन्द हुनेछन् भने आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसी स्रोतले बताएको छ। निषेधाज्ञामा गर्न पाइने तथा नपाइने विषयमा सम्बन्धित जिल्ला प्रशासनबाट निर्देशिका जारी हुने छ।