फागुन २५ र २६ गते बन्द छैन ,पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष गुरुङ पक्राउ - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

फागुन २५ र २६ गते बन्द छैन ,पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष गुरुङ पक्राउ



काठमाडौं: फागुन २५ र २६ गते बन्द  नभएको पुष्टी भएको छ ।  बन्द आव्हानको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् ।

गुरुङलाई काठमाडौंको न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

(सामजिक संजालमा बन्द भन्दै आतंक फैलाईएको सामग्री )

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार, नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको, धाक र धम्की दिएर चन्दा असुल्ने काम समेत गरेको गुनासो आएपछि उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि थप अनुसन्धान थालिएको छ ।