भन्सारले किन रोक्यो वनस्पतिजन्य तेल ? - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

भन्सारले किन रोक्यो वनस्पतिजन्य तेल ?



नेपालबाट युरोप र खाडीका विभिन्न देशमा निकासी हुँदै आएको बहुमूल्य जडिबुटीजन्य प्रशोधित सुगन्धित तेल (वनस्पतिजन्य तेल) निकासी रोकिएको छ ।

वनस्पति विभागबाट परीक्षण गरी सम्बन्धित उद्योग/कम्पनीका नाममा सिफारिसपत्रका आधारमा भन्सार कार्यालयहरूले निकासी दिँदै आएकामा गत महिनादेखि रोक लगाइएको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।

विभागको सिफारिसपत्रका आधारमा मुलुकभरका भन्सार कार्यालयले प्रशोधित सुगन्धित तेल वर्षौंदेखि युरोप र खाडी मुलुकमा निकासी दिँदै आएका थिए ।

गत महिनादेखि भने भन्सार कार्यालयले कम्पनी र उद्योगका नाममा नभई सम्बन्धित भन्सार कार्यालयलाई नै सम्बोधन गरिएको सिफारिसपत्र भएमात्र निकासी दिन सकिने नयाँ सर्त तेस्र्याएको हो ।