वन ऐनको खिल्लि उडाउदैँ घोडाघोडी नगरपालिका - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

वन ऐनको खिल्लि उडाउदैँ घोडाघोडी नगरपालिका



प्रकाश मिश्र /सुखड ,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकाले वन ऐन को उलंघन गर्दै काम गरिरहेको छ । उसले वन क्षेत्र भित्र बन ऐन २०४९ को दोश्रो संशोधनको उलंघन गर्दै काम गरेको हो ।

बन ऐन २०४९ को दोश्रो संशोधन २०७२ दफा ४९ को उपदफा “क ” मा उल्लेख भएको ऐन लाई तोडेको हो जहाँ भनिएकोछ बन क्षेत्रको जग्गा माड्न ,जोत्न ,खन्न वा आवाध गर्न वा त्यस्तो जग्गामा घर छाप्रा बनाउन मनाही गरिएको छ ।

स्थानिय घोडाघोडी सामुदायिक बनमा बनका पदाधिकारी लाई जानकारी नदिइ जेसिबी प्रयोग गरिएको हो । सामुदायिक बनका अध्यक्ष दिपक शाह सधै त्यही घोडाघोडी क्षेत्रमै हुन्छ्न तर पनि उनलाई सोधिएन । उनलाइ हामिले सोध्यौ तपाइको सामुदायिक बनभित्र यसरी जेसिबी प्रयोग भैरहेको छ तपाइलाई थाहा छैन भनेर उनले भने ,’पर्यटन बोर्डले बाटो बनाउने काम भएको थाहा पाएका हौ तर मिलाएर काम गरिरहेको होला भनेर चुप थियौ तर गलत भएछ जेसिबी ,ट्रयाक्टर प्रयोग भएका रहेछ्न ।’

तर नगरपालिकाले घोडाघोडी बन क्षेत्रमा बृहत् ताल तथा पर्यटन बोर्डको योजनामा काम गरिरहेको छ । हामिले खबर थाहा पाएपछी बोर्डका अध्यक्ष तथा नगर प्रमुख ममता प्रसाद चौधरिलाइ सोध्यौ बन ऐन बिपरित किन काम गर्नुभएको भनेर उनले नगरको मातहतमा रहेको सुख्खा ताल बाट बनलाइ असर नपर्ने गरि काम गरेको जिकिर गरे । हामिले फेरि सोध्यौ त्यो त सामुदायिक बन क्षेत्रभित्र जेसिबी प्रयोग किन नि भनेर उनले भने सरकारी संयन्त्रले ताल बचाउनु पर्ने भएकाले त्यस्तो गरेको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिए ।

जबकी काठमाण्डौमा रहेका कैलालीका जिल्ला बन अधिकृत नबराज काफ्लेले कुनैपनी बहानामा बनक्षेत्र भित्र बन ऐन ले बन्देज गरेका क्रियाकलाप गर्न नपाइने भन्दै जेसिबी प्रयोग गरेर खन्ने काम तत्काल रोक्न सेक्टर बन कार्यलयलाइ भनिसकेको बताए ।

उता इलाका बन कार्यलय सुख्खडका प्रमुख गौचरण चौधरिले पनि तत्काल रोक्न सेक्टर बन बाट खबर आएको बताए । अनि नगर प्रमुखले त नगरपालिकाको मातहतमा भएकाले काम गरिरहेका छौ ताल बचाउन भनेर सहजै भन्नूभयो नि भनेर हामिले चौधरिलाइ सोध्यौ यसमा चौधरिले अहिले त्यस्तो कुनै कानुन नबनेकाले बन कार्यलयले नै बनलाई हेर्ने भएकोले त्यस्ता कुरा नगर्न आग्रह गरे ।